काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सम्पत्ती विवरण सार्वजनिक गरेका छन्। शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइट मार्फत् सम्पत्ती विवरण सार्वजनिक गरेका हुन्।
विवरण अनुसार शाहसँग नगद मात्र एक करोड ४६ लाख रुपैयाँ रहेको छ। फेसबुक, युट्युव, टिकटक लगायतबाट बालेन्द्रले आम्दानी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ।
यसैगरी सम्पत्ती विवरणमा शाहकी आमा ध्रुवदेवी शाहको नाममा काठमाडौं वडा नंम्बर ९ मा ५ आजना जना रहेको र धनुषामा १ दशमवल २ विघा जग्गा रहेको उल्लेख छ।
त्यस्तै बुवा रामनाराइण शाहको नाममा महोत्तरीमा ९ विघा जग्गा रहेको उल्लेख छ। शाहले श्रीमती सवितासँग १ सय ९० तोला सुन रहेको उल्लेख गरेका छन्। सम्पत्तीको स्रोत पैतृक भएको उल्ले गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












