शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित कन्काई नदीको पश्चिम तटमा रहेको श्रीलक्ष्मीनारायण मन्दिरमा सञ्चालन भइरहेको ‘श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा (महासम्प्रोक्षण) महोत्सवमा आज ३० जनाले रक्तदान गरेका छन् ।
महोत्सवमा गुरु तथा भक्जनहरु ३० जनाले रक्तदान गरेको आयोजक श्रीलक्ष्मीनारायण योगीराज श्रीकमलनयनाचार्य आश्रमले जनाएको छ । रक्तदानमा नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले प्राविधिक सहयोग गरेको थियो ।
महोत्सवमा कथा प्रवचनसहित त्यहाँ आउने भक्तजनहरुको दैनिक रुपमा स्वास्थ परिक्षण भइरहेको स्थानीय माइधाम औषधि पसलका सञ्चालक भीम सुवेदीले जानकारी दिनु भयो । दैनिक रुपमा स्वास्थ्य परीक्षण साथै आवश्यक औषधि निशुल्क वितरण र परामर्श दिइरहेको उहाँको भनाई छ ।
त्यस्तै महोत्सवमा आउने भक्तजनहरुको आँखा परीक्षण समेत गरिएको छ । महोत्सवमा बैशाख १६ र १७ गते विएण्डसी अस्पताल विर्तामोडका हाडजोर्नी, गाइनोलोजिष्ट र बालरोग विशेषज्ञ डाक्टरहरुबाट विशेष सेवा दिइने आयोजकले जनाएको छ । महोत्सव १८ गतेसम्म सञ्चालन हुने छ ।












