सङ्खुवासभा । मादी नगरपालिका–५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय च्याङरीङ का प्रधानाध्यापक ५४ वर्षीय डम्मरुप्रसाद दाहालमाथि कार्यकक्षमै हातपात भएको छ।
घटनामा संलग्न भएको आरोपमा सोही विद्यालयका शिक्षक सोमनाथ दाहाल र लेखकुमारी भट्टराईलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा ले जनाएको छ। प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार वैशाख ९ गते विद्यालय व्यवस्थापन समितिलाई पूर्णता दिन शिक्षक प्रतिनिधि छनोट गर्ने क्रममा विवाद उत्पन्न भएको थियो।
उक्त विवाद उग्र बन्दै जाँदा कार्यकक्षमै हातपात भएको र निर्णयसम्बन्धी कागजातसमेत च्यातिएको बताइएको छ। घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्यसमितिले विज्ञप्ति जारी गर्दै संलग्नमाथि कारवाहीको माग गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












