काठमाडौं । सरकारले तीन वर्ष सेवा अवधि पूरा गरेका स्थायी शिक्षकलाई एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा सरुवा गर्न सकिने व्यवस्था गरेको छ।

बिहीबार सरकारले स्वीकृत गरेको शिक्षा नियमावली (दशौं संशोधन) अनुसार स्थायी सेवा अवधि तीन वर्ष पूरा भएका शिक्षकलाई आवश्यकताअनुसार एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा सरुवा गर्न सकिने उल्लेख गरिएको छ।

यद्यपि, सबै शिक्षकमा यो व्यवस्था समान रूपमा लागू हुने छैन। नियमावलीले केही विशेष अवस्थाका शिक्षकलाई सरुवा व्यवस्थाबाट छुट दिएको छ।

नियमावलीअनुसार अपाङ्गता भएका, अरूको सहायतामा हिँड्डुल गर्नुपर्ने अशक्त, गर्भवती महिला तथा दुई वर्षभन्दा कम उमेरका बच्चा भएका महिलालाई भने यो सरुवा व्यवस्था लागू नहुने उल्लेख गरिएको छ।

सरकारले शिक्षक व्यवस्थापनलाई थप प्रभावकारी, सन्तुलित र आवश्यकताअनुसार जनशक्ति परिचालन गर्ने उद्देश्यले यो व्यवस्था ल्याएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0