शिवसताक्षी। शिवसताक्षी उद्योग वाणिज्य सङ्घको आगामी चार वर्षे कार्यकालका लागि अग्निप्रसाद दुलालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।

निर्वाचन समितिले शनिबार सम्पूर्ण निर्वाचन प्रक्रिया पूरा गरी निर्वाचित पदाधिकारी तथा सदस्यहरूको नामावली सार्वजनिक गरेको जनाएको छ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा भोजराज ढकाल, उद्योग उपाध्यक्षमा सुबोधकुमार शाह, वाणिज्य उपाध्यक्षमा तेजनाथ घिमिरे, महासचिवमा विनोद सापकोटा, उद्योग सचिवमा कमल विक, वाणिज्य सचिवमा जितेन्द्रकुमार शाह र कोषाध्यक्षमा खनिमाया श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचन समितिका संयोजक सुमन काफ्लेले विधिपूर्वक निर्वाचन प्रक्रिया सम्पन्न भएको बताए। निवर्तमान अध्यक्ष यामनाथ काफ्लेले मर्जपछि पहिलोपटक सर्वसम्मत नेतृत्व चयन हुनु ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै नयाँ नेतृत्वले उद्योगी–व्यवसायीको हित संरक्षण र नगरको आर्थिक विकासमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

नवनिर्वाचित अध्यक्ष दुलाल शिवसताक्षी–११ दुधेका स्थापित हार्डवेयर व्यवसायी तथा सामाजिक अभियन्ता हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0