काठमाडौं । झापाली युवा शेफ तथा अन्तर्राष्ट्रिय पाककला क्षेत्रमा सक्रिय दीपक कार्कीलाई थाइल्याण्डमा आयोजित Nepal–Thailand Friendship Festival Celebration तथा Asia Global Excellence Awards 2026 समारोहमा प्रतिष्ठित Global Hospitality & Culinary Achievement Award बाट सम्मान गरिएको छ।
झापाबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेका शेफ कार्कीले नेपाली पाककला तथा आतिथ्य क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन निरन्तर योगदान दिँदै आएका छन्। क्यानडासहित विभिन्न देशमा आफ्नो पाककला सीप प्रस्तुत गर्दै आएका कार्कीलाई अन्तर्राष्ट्रिय हस्पिटालिटी तथा कुलिनरी क्षेत्रमा पुर्याएको योगदान, व्यावसायिक उत्कृष्टता, सिर्जनशीलता, समर्पण र उच्चस्तरीय पाककला मापदण्ड कायम राखेको योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
Worldwide Production Media Pvt. Ltd. र Himalayan Community Project को आयोजनामा भएको समारोह नेपाल र थाइल्याण्डबीचको मित्रता, संस्कृति, प्रतिभा तथा व्यावसायिक उत्कृष्टताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको थियो।
१६ अगस्ट २०२६ मा थाइल्याण्डमा आयोजित समारोहमा प्रदान गरिएको सम्मानपत्रमा शेफ कार्कीले नेपाली पाककला प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पुर्याएको योगदानको प्रशंसा गरिएको छ। उनको व्यावसायिक यात्रालाई विश्वव्यापी हस्पिटालिटी उद्योगमा नेपाली जनशक्तिको क्षमता, दक्षता र योगदानको उदाहरणका रूपमा समेत उल्लेख गरिएको छ।
झापाबाट अन्तर्राष्ट्रिय कुलिनरी यात्रा तय गर्दै क्यानडासम्म पुगेर नेपाली शेफका रूपमा आफ्नो पहिचान बनाउन सफल कार्कीको यो उपलब्धिले झापाली युवा पुस्ताका लागि पनि प्रेरणाको सन्देश दिएको छ। मेहनत, सीप, निरन्तरता र पेशाप्रतिको समर्पण भए नेपाली युवाले विश्वका जुनसुकै ठाउँमा पनि आफ्नो पहिचान बनाउन सक्छन् भन्ने उदाहरणका रूपमा उनको उपलब्धिलाई लिन सकिन्छ।
थाइल्याण्डमा प्राप्त यो सम्मानले नेपाली शेफ तथा कुलिनरी प्रोफेसनलहरूले अन्तर्राष्ट्रिय हस्पिटालिटी उद्योगमा पुर्याइरहेको योगदानलाई थप उजागर गरेको छ। नेपाली मौलिक खाना, संस्कृति र पाककला सीपलाई विश्वमाझ पुर्याउने अभियानमा यस्ता अन्तर्राष्ट्रिय सम्मानले नयाँ पुस्ताका शेफहरूलाई थप हौसला र प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।
सम्मान प्राप्त गरेपछि शेफ दीपक कार्कीले आयोजक संस्था, निर्णायक मण्डल, सहकर्मी शेफहरू, शुभेच्छुक तथा देश–विदेशबाट निरन्तर साथ, माया र हौसला प्रदान गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।
झापाको पहिचान बोकेर अन्तर्राष्ट्रिय पाककला क्षेत्रमा अघि बढिरहेका युवा शेफ कार्कीको यो सफलता नेपाली पाककला क्षेत्रका लागि मात्र नभई सम्पूर्ण झापाली युवाका लागि समेत गौरवको विषय बनेको छ।












