
काठमाडौं ।तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको पुरस्कार राशि सार्वजनिक गरेको हो। जसअनुसार उपविजेताले ८० लाख रुपैयाँ प्राप्त गर्नेछ।
त्यस्तै, तेस्रो हुने टोलीले ४० लाख र चौथो स्थान हासिल गर्ने टोलीले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
आठ टोली सहभागी प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ। प्रतियोगितामा उपाधिका लागि आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ।
एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स बनेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1











