शिवसताक्षी । धरमपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा कुमार शंकर पुनः सर्वसम्मत चयन हुनुभएको छ। संस्थाको छैटौँ अधिवेशनबाट शंकर दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो।

अधिवेशनले संस्थाको उपाध्यक्षमा चन्द्रकुमार खड्का, सचिवमा नारदमणि रिमाल र कोषाध्यक्षमा चक्रबहादुर माझीलाई सर्वसम्मत चयन गरेको छ।

त्यसैगरी सञ्चालक समितिका सदस्यहरूमा यामकुमार गुरुङ, काजीमान बुढाथोकी, सावित्रा ढकाल, रूपा लिम्बू र विमला कार्की सर्वसम्मत चयन भएको संस्थाका व्यवस्थापक विनोद ढकालले जानकारी दिनुभयो ।

लेखा सुपरीवेक्षण समितिको संयोजकमा लक्ष्मीप्रसाद बजगाईं तथा सदस्यहरूमा प्रेमप्रसाद पोखरेल र उमा कटुवाल सर्वसम्मत निर्वाचित भएका छन्।

नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरूको शपथ ग्रहण यही भदौ २१ गते आइतबार हुने संस्थाको १७औँ वार्षिक साधारणसभामा गराइने संस्थाले जनाएको छ।

अधिवेशन शिवसताक्षी नगरपालिका–१, धरमपुरस्थित संस्थाको कार्यालयमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0