काठमाडौं । बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाको आरुघाट र धादिङ जोड्ने मोटरेबल पक्की पुल बगाएको छ।

आइतबार बिहान आएको बाढीले पुल बगाएको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक अनिल श्रेष्ठले जानकारी दिएका छन्।

बाढीले गोरखा र धादिङलाई जोड्ने पुल बगाएपछि उक्त क्षेत्रको आवागमन प्रभावित भएको छ। बाढीले अन्य तीनवटा पुलसमेत बगाएको छ।

बाढीले चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत–सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल तथा आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बगाएको छ।

एकैपटक विभिन्न पुल बगाउँदा स्थानीय बासिन्दाको आवतजावत र यातायात सेवामा थप समस्या उत्पन्न हुने देखिएको छ। बाढीबाट भएको समग्र क्षति तथा अन्य सम्भावित जोखिमको विस्तृत विवरण भने आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0