झापा । झापास्थित भूमि तथा मालपोत कार्यालय भद्रपुरको सम्पूर्ण सेवा ठप्प बनेको छ।

कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा स्थगित गरिएको जानकारी गराएको हो। कार्यालयका अनुसार सिस्टम पावर एक्सेस राउटर बिग्रिएपछि अनलाइन कम्प्युटर प्रणालीमा अवरोध उत्पन्न भएको छ, जसका कारण सेवाप्रवाह प्रभावित भएको हो।

सूचनामा उल्लेख भएअनुसार विभागबाट नयाँ सिस्टम पावर एक्सेस राउटर प्राप्त नभएसम्म मालपोत कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाहरू स्थगित गरिएको छ। सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति कार्यालयले क्षमायाचना गर्दै समस्या समाधान भएपछि पुनः सेवा सञ्चालन गरिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0