काठमाडौ । नेपाली कांग्रेसलाई फुटबाट जोगाउने प्रयास स्वरूप त्रिपक्षीय वार्ता टोलीका सदस्यहरू दोस्रो चरणको छलफलको तयारीमा जुटेका छन्।

यसअघि मंगलबार बिहान भएको छलफलबाट सहमति जुट्न सकेको थिएन। बिहानको छलफलमा सभापति शेरबहादुर देउवाको पक्षबाट रमेश लेखक र बालकृष्ण खाँण सहभागी थिए।

शेखर कोइराला समूहबाट सहमहामन्त्री जीवन परियार सहभागी थिए। विशेष महाधिवेशनको पक्षबाट प्रदीप पौडेल, देवराज चालिसे, गुरुराज घिमिरे र मधु आचार्य सहभागी थिए ।

बिहान नेताहरू लाजिम्पाटमा भेला भएका थिए । दोस्रो चरणको छलफलका लागि नेता रमेश लेखक आउन बाँकी रहेको देवराज चालिसेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0