काठमाडौँ। नेपाली कांग्रेसले आयोजना गरेको विशेष महाधिवेशनमा उपस्थित प्रतिनिधि मध्ये ८८५ जनाले हस्ताक्षर फिर्ता लिएको शेरबहादुर देउवा पक्षधर कांग्रेसले निर्वाचन आयोगमा जानकारी गराएको छ । शुक्रवार बिहान आधिकारिकता दाबी गर्न पुगेका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले यस्तो दाबी सहित आयोगमा निवेदन दिएको हो ।

खड्कासहित उपस्थित नेताहरूले पार्टीले विशेष महाधिवेशन नबोलाएको र गगन थापाको नेतृत्वमा बनाइएको समिति अवैध भएको जिकिर गर्दै थापा नेतृत्वको कांग्रेस आधिकारिक नभएको आयोग समक्ष दाबी गरेका छन् ।

खड्काले ८८५ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको प्रमाण आफूहरूसँग भएको दाबी गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष विवाद छिटो निरूपणका लागि आग्रह गरे ।

यसअघि विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको केन्द्रीय कमिटीले आफूलाई आधिकारिकता दाबी गर्दै आयोगसमक्ष अद्यावधिकको निवेदन दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0