झापा । झापाको कचनकवल–६ कमल बस्तीको एक घरमा आगलागी भएको छ । आगलागीबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

बनियानी बजारदेखि करिब ७ सय मिटर पश्चिम रहेको कमल बस्तीमा कमलप्रसाद खतिवडाको दुईतले (तल्लो भाग पक्की, माथिल्लो भाग काठको र टिनको छानो भएको) १० कोठे घरमा आगलागी भएको हो।

आगलागीका कारण घरसहित घरभित्र रहेको नगद १ लाख रुपैयाँ, २५ तोला सुन, ७५ तोला चाँदी, २ थान एसी, २ थान स्मार्ट टेलिभिजन तथा अन्य सामग्री जलेर करिब ७० लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ।

हिजो साँझ ७ः३७ बजे पूजाकोठामा बालेको दियोबाट आगो सल्किएर आगलागी भएको बताइएको छ। आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी तथा भद्रपुर, मेचीनगर र बिर्तामोड नगरपालिकाका बारुण यन्त्र परिचालन गरिएको थियो। स्थानीय बासी, प्रहरी र बाररुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0