शिवसताक्षी । झापा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता २०८२ को सम्पूर्ण तयारी पुरा भएको छ ।
भोलि माघ ९ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने झापा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको तयारी पुरा भएको आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
प्रतियोगिताका लागि खेल मैदानमा मार्किङ्ग गर्ने काम पुरा भएको छ भने, प्रवेश द्वार निर्माण लगायतका काम सम्पन्न भएको खेल संयोजक प्रकाशचन्द्र चौधरीले बताउनु भयो ।

शुक्रबार तीन खेल सम्पन्न हुने छन् । जसमा उद्घाटन खेल विहान ११ः३० बजे शिवसताक्षी नगरपालिका र भद्रपुर नगरपालिका बीच हुने छ । त्यस्तै दिउँसो १ बजेबाट दमक नगरपालिका र बुद्धशान्ती गाउँपालिका, दिउँसो २ः३० बजेबाट कनकाई नगरपालिका र झापा गाउँपालिका बीच खेल हुने आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता ५५ हजार प्राप्त गर्नेछन् ।












