झापा ।झापा जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार यस क्षेत्रमा मात्रै एक लाख ६३ हजार ३७९ मतदाता दर्ता भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार यसपटक करिब ५० हजार नयाँ मतदाता थपिँदा झापामा कुल सात लाख १३ हजार ५३७ मतदाता पुगेका छन् । तीमध्ये क्षेत्र नम्बर ५ मा ८१ हजार ८१ पुरुष, ८२ हजार २९६ महिला र अन्य दुई जना मतदाता रहेका छन् । यस क्षेत्रमा ६१ वटा मतदान स्थल र १८५ वटा मतदान केन्द्र तोकिएका छन् ।

यसैगरी क्षेत्र नम्बर ४ मा ६६ हजार २८३ पुरुष, ६४ हजार ४२८ महिला र अन्य एकसहित कुल एक लाख ३० हजार ७१२ मतदाता रहेका छन् । यहाँ ६३ वटा मतदान स्थल र १५६ वटा मतदान केन्द्र रहेका छन् ।

क्षेत्र नम्बर ३ मा ७१ हजार १७४ पुरुष र ६९ हजार ६८३ महिलासहित कुल एक लाख १० हजार ८५७ मतदाता छन् भने ६७ वटा मतदान स्थल र १६४ वटा मतदान केन्द्र कायम गरिएको छ ।

त्यसैगरी क्षेत्र नम्बर २ मा ७३ हजार ९५० पुरुष, ७३ हजार ५६७ महिला र अन्य पाँचसहित एक लाख ४७ हजार ५२२ मतदाता रहेका छन् । यस क्षेत्रमा ४९ वटा मतदान स्थल र १६५ वटा मतदान केन्द्र छन् ।

क्षेत्र नम्बर १ मा भने ६५ हजार ८५८ पुरुष र ६५ हजार २०९ महिलासहित मतदाता दर्ता भएका छन् । यस क्षेत्रमा ४३ वटा मतदान स्थल र १४५ वटा मतदान केन्द्र रहेका छन् ।

निर्वाचन कार्यालयले आगामी निर्वाचनलाई व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन आवश्यक तयारी अघि बढाइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0