शिवसताक्षी । सतासीधाम जेसीजको १३ औँ पदहस्तान्तरण कार्यक्रम शनिबार शिवसताक्षी नगरपालिका–११ स्थित सामुदायिक अध्ययन तथा सिकाइ केन्द्रको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममार्फत निवर्तमान कार्यसमितिबाट नव–निर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको हो।

जेसीजको विधानअनुसार सम्पूर्ण पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन गरिएको जनाइएको छ। नवगठित कार्यसमितिको अध्यक्षमा निरोज दुलाल चयन हुनुभएको छ। त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा मन्जिल नेपाल र प्रतिमा बजगाई चयन भएका छन्।

यस्तै, उपाध्यक्ष पदमा भुपेन्द्र बस्नेत, सुजन भण्डारी, नेयारिका प्रधान र मन्दिरा पौडेल चयन भएका छन्।
कानुनी सल्लाहकारमा रिता कोइराला, महासचिवमा दिलबहादुर कार्की (राजन), कोषाध्यक्षमा सरु अधिकारी खत्री तथा सह–कोषाध्यक्षमा सविना बोहोरा चयन हुनुभएको छ।

कार्यसमितिअन्तर्गत तालिम निर्देशकमा पारस खनाल, सञ्चार संयोजकमा निकेश दाहाल, प्रकरण निर्देशकमा साहिल लिम्बू तथा शाखा सम्पादकमा नेत्र पाठक चयन भएका छन्।

कार्यक्रममा सतासीधाम जेसीजका वर्ष २०२५का अध्यक्ष पदमजंग कुँवरले वर्ष २०२६ अध्यक्ष निरोज दुलाललाई चेन हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवार प्रमुख अतिथि तथा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा विशिष्ट अतिथि रहनुभएको थियो। कार्यक्रममा जेसीजका पूर्व अध्यक्ष तथा सदस्यहरू, जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका अग्रज, सामाजिक अभियन्ता तथा संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नव–निर्वाचित अध्यक्ष निरोज दुलालले जेसिजको मूल उद्देश्यअनुसार युवाको नेतृत्व विकास, सामाजिक सेवा, व्यक्तित्व विकास तथा सामुदायिक विकासमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले टिमवर्क, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै जेसिजलाई अझ सशक्त बनाइने बताउनुभयो।

कार्यक्रमको अन्त्यमा निवर्तमान कार्यसमितिले जेसिजको संस्थागत विकासमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै धन्यवाद व्यक्त गरिएको थियो भने नव–निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0