काठमाडौँ । पर्यटकको नक्कली उद्धार कागजात तयार गरी ठगी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गरेको हो ।

सीआईबीका प्रमुख एआईजी मनोज केसीका अनुसार माउन्टेन रेस्क्युका सञ्चालक तथा अध्यक्ष जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे पक्राउ परेका छन् ।

यस्तै, नेपाल चार्टर सर्भिसका सञ्चालक तथा अध्यक्ष रवीन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया पक्राउ परेका छन् । एभरेस्ट एक्स्पेरियन्स एन्ड एसिस्टका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे र सञ्चालक एवं प्रबन्धक सुभाष केसी पनि पक्राउ परेका छन् ।

एआईजी केसीका अनुसार तीन वटा कम्पनीमार्फत फेक रेस्क्यु गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

उनले भने, ‘माउन्टेन रेस्क्यु सर्भिस प्रालिले १ हजार २४८ जनामध्ये १७१ जनाको फेक रेस्क्यु गरेको पाइएको छ । उक्त कम्पनीले १० करोडभन्दा बढी अमेरिकी डलर बीमा दाबी गरेको देखिएको छ ।’

सीआईबीका अनुसार नेपाल चार्टर सर्भिस प्रालिले ४७१ जनाको उद्धार देखाएर ७५ जनाको फेक रेस्क्यु गरेको पाइएको छ । उनीहरूले ८२ लाख अमेरिकी डलर दाबी गरेका थिए ।

एआईजी केसीले भने, ‘एभरेस्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्स प्रालिले ६०१ जनामध्ये ७१ जनाको फेक रेस्क्यु गरेको र यसबापत ११ लाख ५३ हजार अमेरिकी डलर दाबी गरेको पाइएको छ ।’

अधिकांश फेक रेस्क्यु लुक्लाबाट गरिएको पाइएको सीआईबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0