झापा । सुरक्षा सुनिश्चित नभएसम्म निर्माण कम्पनीले पूर्व–पश्चिम एसियन हाइवे विस्तारको काम रोक्ने निर्णय गरेको छ। प्रहरीले सुरक्षाको प्रत्याभूति दिनुपर्ने र नियन्त्रणमा रहेका सात वटा टिपर छोड्ने अडानमा कम्पनी रहेको छ।

काँकडभिट्टा–लौकही सडक योजना कार्यालयका प्रमुख सुनिलबाबुले बताएअनुसार, निर्माण कम्पनीले मजदुरमाथि धम्की, हातपात र अनावश्यक दुःख दिने वातावरण नबनेसम्म काम सुरु नगर्ने बताएको छ।

मजदुर र चालकमाथि हातपात र धम्की हुन थालेपछि पूर्वखण्डको ४५ किलोमिटर सडक निर्माणको काम आइतबारदेखि रोकिएको छ। यो राजमार्गलाई एसियन हाइवेमा विस्तार गर्ने योजनाअन्तर्गत ठेक्का लगाएर काम भइरहेको छ ।

करिब २० दिनदेखि झापाको कन्काई नगरपालिका क्षेत्रमा केही व्यक्तिका कारण काम रोकिएको निर्माणको जिम्मा पाएको एभरसकोन–कालिका जेभीका प्रतिनिधि उज्ज्वल प्रसाईंले जानकारी दिए ।

नियन्त्रणमा लिइएका ७ वटा टिपरमध्ये पाँचवटा अर्जुनधारा नगरपालिका कार्यालय र दुईवटा सव डिभिजन कार्यालय सुरुङ्गामा राखिएको छ । ४५ किलोमिटर सडक निर्माणको ठेक्का १० अर्ब ६ करोडमा एभरसकोन–कालिका जेभीले लिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले शान्ति सुरक्षा व्यवस्था मिलाउने प्रयास भइरहेको जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0