खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको हलेसी बजारमा भीषण आगलागी भएको छ।आइतबार साँझ हलेसी बजारमा रहेको एक हार्डवेयर पसलबाट आगो लाग्न सुरू भएको हो ।

स्थानीयवासी तथा प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि आगो नियन्त्रण बाहिर रहेको वडाध्यक्ष कमल गिरीले जानकारी दिएका छन् । आगालागीबाट दुई घर पूर्णरूपमा जलिसकेको र आगो नियन्त्रणमा नआए अन्य १० घर जोखिममा रहेको बताइएको छ । स्थानीय पदम राई र आइराख राईका घर जलिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0