झापा । झापाको कचनकवल गाउँपालिका–७ स्थित दीप ज्योति सामुदायिक वनभित्र जंगली भाले हात्ती मृत अवस्थामा फेला परेको छ।

आज दिउँसो करिब ३:३० बजे सामुदायिक वन क्षेत्रभित्र हात्ती मृत अवस्थामा देखिएपछि वनका पदाधिकारीहरूले डिभिजन वन कार्यालय चन्द्रगढीलाई जानकारी गराएका थिए।

सूचना प्राप्त भएसँगै डिभिजन वन कार्यालयबाट खटिएको टोली घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी हात्तीको सदगत गरिएको जनाइएको छ।

हात्ती मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0