काठमाडौँ । निर्वाचन आयोगले जेनजी आन्दोलनबारे बीबीसीले बनाएको डकुमेन्ट्री हटाउन प्रेस काउन्सिललाई पत्राचार गरेको छ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज काउन्सिललाई पत्र पठाइएको जानकारी दिए।
बीबीसीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका भिडियो क्लीपसँगै गोली चलाउन तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले आदेश दिएको दावी गरेको छ।
बीबीसीले नेपाली र अंग्रेजी दुवै भाषामा भिडियो रिपोर्ट आज सार्वजनिक गरेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












