शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ९ चिल्लागढ स्थित एक घरमा आगलागी भएको छ ।
हिजो सोमबार विहान चिल्लागढ स्थित नारदप्रसाद पौडेलको घरमा आगलागी भएको हो ।
आगलागीबाट ४ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय झिलझिलले जनाएको छ ।
आगलागीबाट पौडेलको ६ कोठाको घर भित्र रहेका लत्ताकपडा, फर्निचरलगायतका सामाग्रीहरु जलेर नष्ट भएको घरधनी नारदप्रसाद पौडेलले जानकारी दिए ।
शिवसताक्षी नगरपालिकाको दमकल, स्थानीय बासीहरुले १ घण्टामा आगो नियन्त्रणमा लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1












