झापा । झापा क्षेत्र नं. ४ का उम्मेद्वार उम्मेदवार एलपी साँवा लिम्बुले आफ्नो पक्षमा स्पष्ट जनसमर्थन देखिएको दाबी गर्नुभएको छ।

घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा सक्रिय रहँदै उहाँले मतदातासँगको प्रत्यक्ष संवादले एमालेप्रतिको विश्वास अझ सुदृढ भएको उल्लेख गर्नुभयो। “झापा–४ का मतदाताले विकास, स्थायित्व र अनुभवी नेतृत्वलाई प्राथमिकता दिएका छन्,” उहाँको भनाइ छ।

उहाँले अघिल्लो कार्यकालमा शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, नदी नियन्त्रण तथा ऊर्जा क्षेत्रमा भएका कामलाई आधार बनाउँदै पुनः जनमत मागिरहेको बताउनुभयो। विशेषगरी सौर्य ऊर्जालगायतका योजनाले स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पारेको उहाँको दाबी छ।

राष्ट्रिय राजनीतिमा नयाँ दल र नयाँ अनुहारको बढ्दो चर्चाबारे टिप्पणी गर्दै उहाँले त्यस्ता प्रभाव क्षणिक हुने तर्क गर्नुभयो। “राजनीतिमा अन्ततः विचार, कार्यक्षमता र प्रतिबद्धताले नै दीर्घकालीन मूल्य निर्धारण गर्छ,” उहाँले भन्नुभयो।

झापा–४ मा अन्य दलहरूको प्रभाव सीमित रहेको दाबी गर्दै उहाँले यसपटक स्पष्ट मतान्तरसहित विजयी हुने विश्वास व्यक्त गर्नुभयो। साथै आगामी निर्वाचनपछि एमाले पुनः देशको पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित हुने दाबी समेत उहाँले गर्नुभयो।

स्थानीयस्तरमा मतदाताको झुकाव विकासमुखी एजेन्डातर्फ देखिएको भन्दै उहाँले आफूलाई नेता होइन, जनताको सेवकका रूपमा प्रस्तुत गर्दै जनअपेक्षा पूरा गर्ने प्रतिबद्धता दोहोर्‍याउनुभयो ।

सोमबार राती १२ बजेदेखि मौन अवधि सुरु भएसँगै चुनावी प्रचार प्रसार सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0