शिवसताक्षी । प्रकृति पुजक माझी समुदायले परम्परागत रुपमा मनाउँदै आएको (लदी) पुजा यस वर्ष झापाको पर्यकीय क्षेत्र चिल्लागढधाममा मनाइएको छ ।

नेपाल माझी उत्थान संघ शिवसताक्षी नगरसमितिको आयोजनामा धार्मिक तथा पर्यकीय क्षेत्र कनकाई नदिको तटमा रहेको चिल्लागढधाममा सामुहिक रुपमा पानीलाई तान्त्रिक विधिद्धारा पूजा गर्दै लदी पुजा मनाएका हुन् ।

प्रत्येक वर्ष फागुनको तेस्रो मंगलबारका दिन नदीमा भेला भएर जलदेबीको पूजा गरिने नेपाल माझी उत्थान संघ शिवसताक्षी नगर समितिका अध्यक्ष राजकुमार माझी बताए। उनले पुजामा पाँच वटा ढुङ्गाको देवी स्थापना गरी केराको पातमाथि अक्षता, सिक्का, लड्डु, फलफुल र लिङगमा रङ्गहरु दलेर दियोसहित जलदेवीलाई पूजा गरिने जानकारी दिए । माझी समुदायमा पशुको बलि गरेर पनि पूजा गर्ने परम्परा छ। आर्थिक क्षमता बलियो भएकाले राँगा, भैसी, सुँगुर र कुखुरा बलि दिन्छन भने केहिले सुद्ध फलफूलवाट पूजा गर्ने गरेको उनले बताए।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले नेपालमा माझी समुदायको लामो संस्कृति र परम्परा भएको बताइन् । हरेक पर्व आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्दैै लदी पुजा पछिल्लो समय साझा कार्यक्रमको रुपमा मनाइदै आएको उनको भनाई थियो । यसले भाइचारा, सहिष्णुता बढाउने र सबै जात जाति, भाषा धर्मको सम्मान हुने उनको भनाई थियो । कार्यक्रममा कनकाई नदिको किनारमा कोशी अर्थात लदी पुजा गरिएको थियो ।

माझी समुदायले पुख्र्यौली पेशाको रुपमा रहेको ढुंगा चलाउने कामलाई स्मरण गर्दै कार्यक्रममा ढुंगा समेत प्रर्दशनीमा राखिएको थियो । यसवर्ष चुनाव परेको र मौन अवधी समेृत रहेकाले जिल्ला स्तरीय कार्यक्रमलाई नगरमा सिमित गरिएको नेपाल माझी उत्थान संघ केन्द्रिय समिति उपाध्यक्ष कृष्ण माझीले जानकारी दिए । कार्यक्रममा माझी समुदायको भेष भुषा, नदिमा जाल हान्ने लगायत पुख्र्यौली पेशाहरुलाई पनि समावेश गरिएको थियो । यता झापाको शिवसताक्षी नगरपालिकाले लदी पुजाको अवसरमा शिवसताक्षीमा स्थानीय विदा दिएको थियो । कार्यक्रमको सञ्चालन नेपाल माझी उत्थान युवा संघ जिल्ला अध्यक्ष सुवर्ण माझीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0