झापा । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत झापा निर्वाचन क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शम्भु प्रसाद ढकाल विजयी भएका छन्।

निर्वाचन आयोगका अनुसार ढकालले ४३ हजार ६ सय ३१ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार लाल प्रसाद साँवा लिम्बू लाई ३१ हजार ६ सय ४५ मतान्तरले पराजित गरेका छन्।

पराजित उम्मेदवार साँवा लिम्बूले ११ हजार ९ सय ८६ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मद्वार देउमान थेवेले ९४३४ मत, श्रम संस्कृति पार्टीका उम्मेद्वार अमृता राईले ७१६१ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0