कुमरखोद । झापाको झापा गाउँपालिका–५ सिमलडाँगीमा विद्युत् सर्ट भएर आगलागी हुँदा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ।
आज साँझ करिब ४:१३ बजेतिर स्थानीय मुस्ताफा अलीको टाटीबेरा र टिनको छानो भएको एकतले घरमा अचानक विद्युत् तार सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ। आगलागी भएको जानकारी स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी सहायक निरीक्षक डिल्लीबहादुर भुजेलको कमाण्डमा प्रहरी टोली, भद्रपुरबाट आएको दमकल तथा स्थानीयवासीको सक्रियतामा ५:१५ बजे पूर्ण रूपमाआगो नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट घरभित्र रहेका दुई वटा सुत्ने कोठा, भान्सा कोठा, गाईगोठ तथा अन्नपात, लत्ताकपडा र भाँडावर्तन पूर्ण रूपमा जलेर नष्ट भएका छन्। साथै, डेढ तोला सुन, ३० तोला चाँदी, नगद ८० हजार रुपैयाँ, फ्रिज, कलर टिभी र घर नजिकै राखिएको मे ५ प २ १८६ नम्बरको होन्डा साइन मोटरसाइकल समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त आगलागीबाट करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। घटनामा कुनै मानवीय वा चौपाया क्षति भने भएको छै












