दमक | दमक नगरपालिकाको १८औँ नगरसभा आज दिउँसो १ बजे बस्ने तय भए पनि प्रमुख–उपप्रमुखबीचको विवादले यसको प्रभावकारितामाथि प्रश्न उठेको छ।

उपप्रमुख रेगिना भट्टराईले नगरसभा बहिष्कार गर्ने घोषणा गरेसँगै निर्णय प्रक्रियामा असर पर्ने देखिएको हो। उनले आफूलाई कार्यपालिका बैठकबारे जानकारी नै नदिइएको तथा मेयरबाट उपेक्षा र अपमान भएको आरोप लगाएकी छन्।

पत्रकार सम्मेलनमार्फत उनले आफ्नो अध्यक्षतामा रहेका समितिका प्रतिवेदनमाथि छलफल नै नगरिने अवस्थामा नगरसभामा सहभागी हुनुको औचित्य नभएको बताइन्। साथै, कार्यकालको सुरुदेखि नै समन्वयको समस्या रहेको र कर्मचारीबाट समेत सहयोग नपाएको गुनासो गरिन्।

“म नगरको उपप्रमुख हुँ, मलाई जानकारी नै नदिई कार्यपालिका बैठक बस्छ। मैले अध्यक्षता गर्ने समितिका प्रतिवेदनमाथि छलफल हुँदैन भने अरुले तयार पारेका कार्यक्रम पढ्न मात्र नगरसभा किन जाने?” उनले भनिन नगरको विकास र सेवा प्रवाहमा आफ्नो पनि समान जिम्मेवारी रहेको छ । “नगरबासीले अधिकार प्रयोग गर्न निर्वाचित गरेर पठाएका हुन्, तर व्यवहार भने निरीह बनाउने खालको भएको उनको भनाई छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नगरसभा अघि एजेन्डासहित सदस्यलाई जानकारी गराउनुपर्ने प्रावधान रहे पनि सो प्रक्रिया पालना नभएको उनको आरोप छ।

उपप्रमुखसहित उनको दलका सदस्यहरू पनि नगरसभामा सहभागी नहुने भएपछि आजको नगरसभाको प्रभावकारिता र निर्णय प्रक्रियामाथि थप चासो बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0