शिवसताक्षीमा स्तनपायी आमा लागि अभिमुखीकरण तथा औषधि वितरण सुरु द्वारा Sancharbatika - शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा स्तनपायी आमा तथा महिला स्वास्थ्य स्वयंसेसेविकलाई लक्षित गरी अभिमुखीकरण तथा आयुर्वेदिक औषधि वितरण कार्यक्रम सुरु गरिएको छ। दुधे आयुर्वेद औषधालयको आयोजनामा सञ्चालन भएको उक्त कार्यक्रम बुधबारदेखि सुरु गरिएको हो। कार्यक्रममा स्तनपानको महत्त्व, शिशु स्वास्थ्यमा यसको भूमिका तथा जडिबुटीजन्य औषधिको प्रयोग र उपयोगिताबारे जानकारी प्रदान गरिएको छ। औषधालयका अनुसार नगरभित्र रहेका ६ वटा खोप केन्द्रमार्फत चैत महिनाभित्र अभिमुखीकरण तथा औषधि वितरण कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रम चैत १६ गतेसम्म जारी रहने जनाएको छ। हालसम्म ५५ जना स्तनपायी आमाहरूलाई अभिमुखीकरणसहित औषधि वितरण गरिसकिएको दुधे आयुर्वेद औषधालयका डा. कविराज तथा निरीक्षक राजेन्द्र पोख्रेलले जानकारी दिनुभयो। उहाँका अनुसार अभिमुखीकरण कार्यक्रममा स्तनपान गराउँदा अपनाउनुपर्ने व्यवहार, स्तनपान नगराउँदा शिशुलाई पर्न सक्ने जोखिम, साथै ज्वानो, कुरिलो लगायत जडिबुटीको प्रयोगसम्बन्धी विषयहरू समेटिएका छन्। कार्यक्रमले आमाहरूमा स्तनपानप्रति सचेतना अभिवृद्धि गर्नुका साथै शिशु स्वास्थ्य सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, स्थानीय स्तरमै उपलब्ध जडिबुटीजन्य औषधिको प्रयोग प्रवर्द्धन गर्दै आयुर्वेदिक उपचारप्रति आकर्षण बढाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ। यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? +1 0 +1 0 +1 0 +1 0 +1 0 Facebook Twitter Email Post Views: 233 सम्बन्धित लेखलेखक बढी काँकडभिट्टाका आचार्य उज्यालाे नेपाल पार्टीकाे केन्द्रीय सदस्यमा मनाेनित जापानी इन्सेफ्लाइटिसबाट २६ जनाको मृत्यु, झापामा असोज ५ गतेदेखि खोप अभियान चलाइँदै सुरक्षित वैदेशिक रोजगारीबारे झिलझिलेमा अभिमुखीकरण कोशी मन्त्रिपरिषद् बैठक: दुई प्रदेश सचिवको पदस्थापन, भोटेकोशी बाढीपीडितका लागि सात दिनको पारिश्रमिक दिने निर्णय बंगलादेशमा शेख हसिनाको पार्टीका सात शीर्ष नेतालाई मृत्युदण्ड सुनाइयो मकवानपुरमा यात्रुवाहक ईभी दुर्घटना , ४ जनाको मृत्यु यो पनि पढ्नुहोस काँकडभिट्टाका आचार्य उज्यालाे नेपाल पार्टीकाे केन्द्रीय सदस्यमा मनाेनित जापानी इन्सेफ्लाइटिसबाट २६ जनाको मृत्यु, झापामा असोज ५ गतेदेखि खोप अभियान... सुरक्षित वैदेशिक रोजगारीबारे झिलझिलेमा अभिमुखीकरण कोशी मन्त्रिपरिषद् बैठक: दुई प्रदेश सचिवको पदस्थापन, भोटेकोशी बाढीपीडितका लागि सात... बंगलादेशमा शेख हसिनाको पार्टीका सात शीर्ष नेतालाई मृत्युदण्ड सुनाइयो लोड