शिवसताक्षीमा स्तनपायी आमा लागि अभिमुखीकरण तथा औषधि वितरण सुरु द्वारा Sancharbatika - शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा स्तनपायी आमा तथा महिला स्वास्थ्य स्वयंसेसेविकलाई लक्षित गरी अभिमुखीकरण तथा आयुर्वेदिक औषधि वितरण कार्यक्रम सुरु गरिएको छ। दुधे आयुर्वेद औषधालयको आयोजनामा सञ्चालन भएको उक्त कार्यक्रम बुधबारदेखि सुरु गरिएको हो। कार्यक्रममा स्तनपानको महत्त्व, शिशु स्वास्थ्यमा यसको भूमिका तथा जडिबुटीजन्य औषधिको प्रयोग र उपयोगिताबारे जानकारी प्रदान गरिएको छ। औषधालयका अनुसार नगरभित्र रहेका ६ वटा खोप केन्द्रमार्फत चैत महिनाभित्र अभिमुखीकरण तथा औषधि वितरण कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रम चैत १६ गतेसम्म जारी रहने जनाएको छ। हालसम्म ५५ जना स्तनपायी आमाहरूलाई अभिमुखीकरणसहित औषधि वितरण गरिसकिएको दुधे आयुर्वेद औषधालयका डा. कविराज तथा निरीक्षक राजेन्द्र पोख्रेलले जानकारी दिनुभयो। उहाँका अनुसार अभिमुखीकरण कार्यक्रममा स्तनपान गराउँदा अपनाउनुपर्ने व्यवहार, स्तनपान नगराउँदा शिशुलाई पर्न सक्ने जोखिम, साथै ज्वानो, कुरिलो लगायत जडिबुटीको प्रयोगसम्बन्धी विषयहरू समेटिएका छन्। कार्यक्रमले आमाहरूमा स्तनपानप्रति सचेतना अभिवृद्धि गर्नुका साथै शिशु स्वास्थ्य सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, स्थानीय स्तरमै उपलब्ध जडिबुटीजन्य औषधिको प्रयोग प्रवर्द्धन गर्दै आयुर्वेदिक उपचारप्रति आकर्षण बढाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ। यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? +1 0 +1 0 +1 0 +1 0 +1 0 Facebook Twitter Email Post Views: 196 सम्बन्धित लेखलेखक बढी सरकारको स्वेच्छाचारिता विरुद्ध पत्रकारहरु निरन्तर सडकमा अपाङ्गता भएका परिवारलाई स्वरोजगार बनाउने लक्ष्यसहित शिवसताक्षीमा साबुन तथा बुके बनाउने तालिम सुरु उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्दै वडाध्यक्ष कार्कीको सन्देश– ‘देशमै रहेर योगदान दिनुस्’ जेन-जी विद्रोहका फौजदारी मुद्दा फिर्ता लिन कार्यदल बनाउने गृहमन्त्री गुरुङको घोषणा दुधेमा सम्पन्न रक्तदान कार्यक्रममा ७२ पिन्ट रगत संकलन इजलासको दशौं वार्षिकोत्सवमा म्यागेजिन प्रकाशित र दुई दर्जन सम्मानित यो पनि पढ्नुहोस सरकारको स्वेच्छाचारिता विरुद्ध पत्रकारहरु निरन्तर सडकमा अपाङ्गता भएका परिवारलाई स्वरोजगार बनाउने लक्ष्यसहित शिवसताक्षीमा साबुन तथा बुके बनाउने... उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्दै वडाध्यक्ष कार्कीको सन्देश– ‘देशमै रहेर योगदान दिनुस्’ जेन-जी विद्रोहका फौजदारी मुद्दा फिर्ता लिन कार्यदल बनाउने गृहमन्त्री गुरुङको घोषणा दुधेमा सम्पन्न रक्तदान कार्यक्रममा ७२ पिन्ट रगत संकलन लोड