शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा जारी मेयर कप २०८२ अन्तर्गत कराँते विधामा वडा नं. ८ च्याम्पियन बनेको छ।

वडा नं. ८ ले ५ स्वर्ण, ५ रजत र २ कास्य पदक जित्दै समग्र उपाधि आफ्नो नाममा सुरक्षित गरेको हो। प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ६ कास्यसहित वडा नं. १० द्वितीय स्थानमा रहँदा १ स्वर्ण, २ रजत र ११ कास्यसहित वडा नं. ११ तृतीय स्थानमा सीमित भएको छ।

प्रतियोगिताका उत्कृष्ट ‘राइजिङ प्लेयर’ पुरुषतर्फ वडा नं. १ का दीप लिम्बू तथा महिलातर्फ वडा नं. १० की समीक्षा लिम्बू घोषित भए। त्यसैगरी ‘बेस्ट फाइटर’ महिलातर्फ वडा नं. ८ की सृजना तामाङ र पुरुषतर्फ वडा नं. ८ का राकेश मलिक घोषित भएका छन्।

यस्तै, डबल्स ब्याडमिन्टनतर्फ वडा नं. ९ विजयी बनेको छ। वडा नं. ९ का समसेर चौधरी र अग्नी खरेलको जोडीले वडा नं. ११ का नरविर फागो र विवेक लिम्बुलाई पराजित गर्दै उपाधि जितेका हुन्।

नगर खेलकुद विकास समितिका अनुसार मेयर कप अन्तर्गत फुटबलतर्फको फाइनल खेल आइतबार वडा नं. १ र वडा नं. ८ बीच हुने तय भएको छ। साथै, आज सम्पन्न सम्पूर्ण खेलका विजेताहरूलाई ट्रफी तथा पुरस्कार वितरण भोलि गरिने जानकारी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0