मेचीनगर । आगामी शैक्षिक सत्र २०८३ बाट कक्षा नर्सरीदेखि अंग्रेजी माध्यममा कक्षा सञ्चालन गर्ने तयारीस्वरूप श्री पशुपतिनाथ आधारभूत विद्यालय ले सरोकारवालासँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।

शनिबार  मेचीनगर–१५ स्थित निलकोठी टोल विकास समितिको समन्वयमा आयोजित उक्त कार्यक्रममा विद्यालयका अभिभावक, स्थानीय बुद्धिजीवी, पूर्वविद्यार्थी तथा शिक्षा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रम पूर्वविद्यार्थी गणेश सोरेनको संयोजकत्वमा सम्पन्न भएको हो। अन्तर्क्रियामा सहभागीहरूले विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्दा शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यार्थीको प्रतिस्पर्धात्मक क्षमता विकास तथा आधुनिक शिक्षण सिकाइ प्रणालीमा पहुँच विस्तार हुने विषयमा सकारात्मक धारणा व्यक्त गरेका विद्यालयकी प्रधानाध्यापक टिकादेवी भट्टराई पोख्रेलले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समिति (विव्यस) का नवनिर्वाचित पदाधिकारी, अभिभावक प्रतिनिधि तथा पिटिए अध्यक्ष श्रीमती सोरेन लगायतले अभिभावक भेलाको व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। विद्यालयका शिक्षक सोहनलाल गणेशले पनि कार्यक्रम सफल बनाउन आवश्यक सहयोग प्रदान गरेका थिए।

विद्यालय प्रशासनले सबै सरोकारवालाहरूको सुझावलाई आत्मसात गर्दै आगामी शैक्षिक सत्रदेखि अंग्रेजी माध्यम प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, शिक्षाको गुणस्तर सुधार र विद्यार्थीमैत्री वातावरण निर्माणतर्फ निरन्तर पहल गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0