शिवसताक्षी । झापाको शिवसताक्षीमा सिरुवा पर्व धुमधामका साथ मनाइएको छ । शिवसताक्षीको चन्द्रडाँगीमा आदिवासी समुदादयले सिरुवा पर्व मनाएका हुन् । बृहत सिरुवा पर्व कार्यक्रमको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेका छन् ।
उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले शिवसताक्षी नगरपालिकाले नगरभित्रका सबै जातजाति भाषा, धर्म र सवैका मौलिक पर्वहरुलाई समान ढंगले हेरेको बताए ।

हाम्रो भाषा, लिपी संस्कारहरुलाई जर्गेन गर्न नया पुस्तालाई सुझाब दिए ।उनले हरेक मौलिक पर्वहरुलाई मनोरञ्जनका रुपमा मात्र नहेरी आफ्ना पुख्र्यौली पेशा, धर्म, संस्कृतिहरुलाई नयाँ पुस्तालाईहरुलाई सिकाउँदै लौजानु पर्ने बताए । यदी यस्ता पर्वहरुलाई वा कार्यक्रमहरुलाई मनोरञ्जनको रुपमा मात्र लिने हो भने, एक दिन मौलिक पर्व र संस्कृतिहरु लोप भएर जानेछन् उनले भने ।
कार्यक्रममा राजवंशी समुदायका भेष भुषा लगाएर विभिन्न गीतहरु तथा नृत्यहरु प्रस्तुत बृहत सांस्कृतिक सिरुवा पर्व उपभोक्ता समितिका अध्यक्ष सुरेस राजवंशीले जानकारी दिए ।
सिरुवा पर्वमा घरमा कुल देवताको पूजा गरी मान्यजनबाट आशीर्वाद लिने चलन रहेको छ। घरको अग्रजले बिहानै परिवारका सदस्यहरूलाई अञ्जुलीमा जल लिएर टाउकोमा राखी ‘मगज ठन्डा रहोस्’ भनेर आशिष दिने परम्परा छ। सिरुवा पर्वको रातमा जडीबुटी ल्याएर घर वरिपरि पूजापाठ गर्ने प्रचलन छ। चुलोको पूजा सिरुवाको अर्को विशेषता हो।

चुलोलाई लिपपोत गरेर पूजा गरिन्छ र त्यस दिन राति खाना पकाइँदैन। दिनमै पकाइएका भोजन राति खाने परम्परा छ। यसलाई वर्षमा एक दिन चुलोलाई आराम दिने मान्यता मानिन्छ। सिरुवा पावनी ९नयाँ बर्ष० तराईमा बस्ने आदिबासी समुदायहरु मध्ये विशेष गरी थारू, राजवंशी, ताजपुरिया, गन्गाई, माझि लगायतले मनाउने सबैभन्दा ठुलो पर्व हो । यो पर्व नयाँ वर्षमा बंगला पात्रो अनुसार खासगरी तिन दिन सम्म बैशाख १, २ र ३ गते मनाउने चलन रहेको छ । पहिलो दिन पानी सिरुवा, दोस्रो दिन काद९हिलो० सिरुवा र अन्तिम दिन रंग सिरुवा खेल्ने चलन छ ।

कार्यक्रममा प्र.अ. मंगलसिंह राजवंशी, ज्येष्ठ नागरिक नगर अध्यक्ष अम्बिका अधिकारी, वडा नं. ७ का पूर्व वडाध्यक्ष नविन इजम लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा उपप्रमुख नरमाया कार्की लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो । बृहत सिरुवा पर्व सांस्कृतिक कार्यक्रम उभोक्ता शिवसताक्षी नगर समितिको आयोजनामा भएको कार्यक्रमको सञ्चालन द्वय चैतु राजवंशी र कुवेर राजवंशीले गरेका थिए ।












