काठमाडौं । ओमान तटमा तेल ट्याङ्करलाई लक्षित गरी अन्धाधुन्ध गोलीबारी, चालक दल सुरक्षित रहे पनि क्षेत्र तनावग्रस्त इरानी बन्दरगाहहरूमा अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दीका बीच इरानी सेनाले व्यापारिक जहाजहरूमाथि आक्रमण सुरु गरेको बीबीसीले जनाएको छ।

संयुक्त अधिराज्यको सामुद्रिक व्यापार सञ्चालन निकायका अनुसार ओमानबाट २० नटिकल माइल उत्तरपूर्वमा रहेको हर्मुज जलसन्धिमा इरानकोइस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका दुई वटा लडाकु डुङ्गा (गनबोट) ले एउटा तेल ट्याङ्करमाथि अन्धाधुन्ध गोली प्रहार गरेका छन्। उक्त घटनामा ट्याङ्कर र चालक दलका सदस्यहरू सुरक्षित रहेको बताइए पनि क्षेत्रमा ठूलो त्रास फैलिएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार कम्तीमा अन्य दुई वटा व्यापारिक जहाजमाथि पनि स्ट्रेट अफ हर्मुज पार गर्ने क्रममा गोली प्रहार भएको खबर छ।

यसैबीच अमेरिकी सेन्ट्रल कमाण्डले गत अप्रिल १३ देखि इरानी बन्दरगाहहरूमा लगाइएको नौसैनिक नाकाबन्दीलाई कडाइका साथ लागू गरिरहेको जनाएको छ। नाकाबन्दी सुरु भएयता अमेरिकी सेनाले हालसम्म २३ वटा व्यापारिक जहाजलाई हर्मुज जलसन्धि नजिकैबाट बलपूर्वक फिर्ता गराएको बताइएको छ। अमेरिकाले इरानमाथि दबाब बढाउन यो कदम चालेको दाबी गरेको छ।

अमेरिकी नाकाबन्दीको जवाफमा इरानले उक्त जलसन्धि पुनः बन्द गर्ने घोषणा गरेको छ। इरानी नौसेनाले रेडियो सन्देशमार्फत सो क्षेत्रमा रहेका सबै ट्याङ्कर र व्यापारिक जहाजलाई अब कुनै पनि जहाजलाई जलसन्धि पार गर्न अनुमति नदिइने जानकारी गराएको छ।

यसअघि शुक्रबार मात्रै इरानले युद्धविराम अवधिभर व्यावसायिक जहाजका लागि हर्मुज पूर्ण रूपमा खुला रहने बताएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0