काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका हुन्।

सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी भएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

‘राष्‍ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहायको अध्यादेश जारी गर्नु भएको छ,’ प्रवक्ता रितेशकुमार शाक्यले भने।

सरकारले संवैधानिक परिषद, सहकारी, विश्वविद्यालयलगायत ६ वटा अध्यादेश राष्ट्रपतिसमक्ष पेस गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0