कमल ।कमल झापाको कमल गाउँपालिकामा आज सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ ।
कमल गाउँपालिकाको आयोजना तथा भिन्न मिडिया एण्ड रिसर्च प्रालिको सहजीकरणमा गाउँपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । स्थानीय सरकारका गतिविधि, सेवा प्रवाह तथा विकास निर्माणका कार्यहरूबारे नागरिकलाई जानकारी गराउने र नागरिकहरूका गुनासा, जिज्ञासा तथा सुझावहरू प्रत्यक्ष रूपमा सुन्नेउद्देश्यले सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, विभिन्न शाखाका शाखा प्रमुखहरू, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सार्वजनिक सुनुवाइका क्रममा नागरिकहरूले विशेषगरी विकास निर्माणका साथै सडक, खानेपानी तथा सरसफाइ व्यवस्थापन, स्वास्थ्य सेवा सुधार, शिक्षा क्षेत्रमा देखिएका समस्या, पारदर्शिता, कृषि तथा पशुपालन क्षेत्रमा सहयोग अभाव,टोल विकास संस्था सन्चालनमा देखीएका समस्या लगायतका विषयहरू जिज्ञासा तथा सुझाव राखेका थिए ।
त्यस्तै केही सहभागीहरूले स्थानीय तहबाट प्रदान गरिने सेवालाइृ अझ सरल, पारदर्शिता तथा सर्वसाधरणको पहुँचमा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । सहभागीबाट प्राप्त जिज्ञासालाई सम्बन्धित शाखा प्रमुख तथा जनप्रतिनिधिहरूले स्पष्ट र जवाफदेही ढंगले दिएका थिए ।

कार्यक्रममा तत्काल समाधान गर्न सकिने समस्याहरूलाई छिट्टै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो भने दीर्घकालीन योजनामा समावेश गर्नुपर्ने विषयहरूलाई प्राथमिकताका साथ आगामी योजनामा समेट्ने प्रतिवद्धता जनार्यएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्षले स्थानीय सरकार नागरिकप्रति पूर्ण रूपमा उत्तरदायी र पारदर्शी हुनुपर्नेमा जोड दिँदै यस्ता सार्वजनिक सुनुवाइ कार्यक्रमले जनप्रतिनिधि र नागरिकबीचको दूरी घटाउने विश्वास व्यक्त गर्दै नागरिक बाट प्राप्त सुझावहरूलाई नीतिगत तथा योजनागत रूपमा समावेश गर्दै समृद्ध र व्यवस्थित गाउँपालिका निर्माणमा लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
त्यसैगरी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले नागरीक बाट प्राप्त गुनासालाई सँबोधन गर्दै आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी, सहज र नागरिक मैत्री बनाउनेमा जोड दिनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत केशव कुमार ढकालले सार्वजनिक सुनुवाइले स्थानीय तहका कामकारबाहीप्रति विश्वास बढाउनुका साथै समस्या समाधानमा सकारात्मक भूमिका खेलेको बताउदै नागरिक बाट प्राप्त सुभावलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
सार्वजनिक सुनुवाइ कार्यक्रमले स्थानीय तहमा सुशासन प्रवद्र्धन, पारदर्शिता अभिवृद्धि तथा सेवा प्रवाह सुधारमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।












