शिवसताक्षी । चौथो कर्ण बहादुर नेम्वाङ स्मृति भेट्रान फुटबल प्रतियोगिताको आइतबार भएको क्वाटरफाइनल खेलमा दमक लखनपुर भेट्रानले बिर्तामोड भेट्रानलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ।

प्रतिस्पर्धात्मक खेलमा दमक लखनपुर सुरुदेखि नै दबाबमा देखिएको थियो। खेलको २८औँ मिनेटमा तुला मगरले शानदार गोल गर्दै टोलीलाई अग्रता दिलाए। खेलको ३६औँ मिनेटमा सुभाष आङ्थोपो लिम्बुले अर्को गोल थपेपछि दमक लखनपुरले २–० को सहज अवस्था बनाएको थियो।

दोस्रो हाफमा पनि दमकको खेल लयदार रह्यो। खेलको ६४औँ मिनेटमा सुभाष आङ्थोपो लिम्बुले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे। त्यसपछि बिर्तामोडले फर्कने प्रयास गरे पनि दमकको रक्षापंक्ति मजबुत बनेपछि खेल ३–० को नतिजामा टुंगियो ।खेलमा उत्कृष्ट प्रदर्शन गरेका दमक लखनपुर भेट्रानका तुला मगर ‘म्यान अफ दि म्याच’ घोषित भए।

यता, प्रतियोगिताअन्तर्गत भोली हुने अर्को क्वाटरफाइनल खेलमा विराट भेट्रान र झिलझिले भेट्रानबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले नगद एक लाख ५१ हजार रुपैयाँ तथा उपविजेताले ८१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0