शिवसताक्षी ।१९ औं गणतन्त्र दिवसको अवसरमा अखिल नेपाल महिला संघ शिवसताक्षीले शिवसताक्षीको शिवगञ्जमा सरसफाई तथा बृक्षारोपण गरेको छ ।

शिवसताक्षी ६ शिवगञ्ज स्थित बृजेश्वर शिवलाय मन्दिर परिसरमा सरसफाई तथा बृक्षारोपण गरेको अखिल नेपाल महिला संघ शिवसताक्षीले जनाएको छ ।

मन्दिर परिसरमा बेल, रुद्राक्ष र पहेंलो र सेतो फुलहरुको विरुवा रोपिएको अखिल नेपाल महिला संघ शिवसताक्षी नगर कमिटी चन्द्रकला सापकोटाले बताउनु भयो ।

कार्यक्रममा अनेम संघ जिल्ला कमिटी सचिव कोपिला चम्लागाईले राष्ट्रिय महिला अधिकार दिवसको सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यपत्रमा विभेदकारी कानुनको खारिजी, आमाको नामबाट सन्तानले नागरिकता प्राप्त गर्ने अधिकार, सम्पत्तीमा समानहक र राज्यको हरेक निकायमा महिलाहरुको १ तिहाईको सहभागीताको ग्यारेन्टी गर्नु पर्ने कुराहरु अविलम्ब लागु गर्नु पर्ने उल्लेख गरिएको थियो ।

अखिल नेपाल महिला संघ शिवसताक्षीका अध्यक्ष कोपिला चिमोरिया मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी सदस्य नरमाया कार्की, नगर अध्यक्ष मेदनी दंगाल, सचिव लक्ष्मी गुरागाईँ, पार्टीका सल्लाहकार समिति सदस्य भोजकुमारी नेपाल लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0