काठमाडौँ ।  प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि थप छलफल माग गर्दै विपक्षी दलहरूले विरोध गरिरहेका वेला सभामुख डिपी अर्यालले बैठक अघि बढाएपछि हंगामा भएको थियो।

रास्वपा सांसद गणेश पराजुली नेतृत्वमा बनेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा सांसदहरूले संशोधन दर्ता गराएका छन् र उनीहरूले नियमावलीमाथि छलफल माग गरेका थिए।

नियमावलीमाथि छलफलको माग गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीले रोस्ट्रम घेराउ गरेका थिए।

त्यसै क्रममा बैठक संसदको मर्यादाभन्दा बाहिर गएर झडपको स्थिति बनेपछि सभामुखले बैठक १५ मिनेट स्थगित गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0