झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा अध्यक्षमा ओम भण्डारी निर्वाचित भएका छन् । दुई प्रतिस्पर्धी लक्ष्मण बस्नेत र अर्जुनकुमार मैनालीलाई पछि पार्दै भण्डारी अध्यक्ष निर्वाचित भएका हुन् ।

शनिबारभएको निर्वाचनमा करिब ५ सय मत खसेको थियोे । भण्डारी ३४१ मत प्राप्त गर्दै विजयी बबेका हुन् । प्रतिस्पर्धी लक्ष्मण बस्नेतले २४७ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी अर्जुनकुमार मैनाली २५ मत मात्रै ल्याए ।

सो पार्टीको जिल्ला जिल्ला उपाध्यक्षना पुष्पलाल ढकाल २१० मत लयाएर विजयी भए । प्रतिस्पर्धी शान्ता तामाङ १९८ र लीला खड्काले १११ मत ल्याए । उपाध्यक्षमा अत्यन्त थोरै मतान्तरले ढकाल विजयी भएका हुन् ।

सचिवमा विरोध सुवेदी ३६८ मतसहित विजयी भएका छन् । प्रतिस्पर्धी रविन खड्काले २३५ मत ल्याए । सहसचिवमा भीम कुँवर ३५२ मतसहित निर्वाचित भएको जनाइएको छ । प्रतिस्पर्धी राजेन्द्र बराल १९३ र लक्ष्मी रेग्मीले ७४ मत पाए। थप विवरण आउन बाँकी छ । अधिवेशन स्थलमा प्रतिनिधिको विषयलाई लिएर केहीबेर घम्साघम्सी समेत भएको भिडियो सार्वजनिक भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0