झापा । झापाको शिवसताक्षी नगरपालिका–९ मिलनचोकस्थित विक परिवार यतिबेला शोकमा डुबेको छ । परिवारका सदस्य रामरुचन विकको रहस्यमय मृत्यु भएपछि उनका आफन्तले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।
वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका २८ वर्षीय रामरुचन अघिल्लो साता मात्र घर फर्किएका थिए। परिवारका अनुसार घर फर्किएलगत्तै आफूलाई रामरुचनको साथी बताउने एक अपरिचित महिला विक परिवारको घरमा आएर एक दिन बसेकी मृतककी भाउनु कमल विकले बताइन् । भाउजु कमला विकका अनुसार उक्त महिलासँग रामरुचनको सम्बन्धबारे परिवारले चासो देखाउन थालेपछि ती महिला त्यहाँबाट हिँडेकी थिइन्।
रामरुचन आइतबार घरबाट विर्तामोड जाने भन्दै निस्किएको श्रीमती टिका कुमारी दर्जीले बताइन् । त्यसपछि उनी सम्पर्कविहीन भएका थिए। चारआली बस्दै आएकी श्रीमति टिका कुमारी दर्जीले रामरुचनलाई फोन गरेर कहाँजाने भनेर सोधेको र विर्तामोड जाने जवाफ पछि बेलुका छोरा भेट्न चारआली नै आउन आग्रह गरेको उनले बताइन् ।
बुधबार अर्जुनधारा नगरपालिका–५ चाँदनीचोकस्थित चित्रबहादुर थापाको घरमा डेरा गरी बस्ने देवी शंकरले रामरुचन आगनमा लडेर फिज काडेर र गम्भीर रहेको भन्दै तत्काल आउन खबर गरेकी मृतकका आमा कृष्ण्माया रुचालले बताइन् । खबर पाएपछि घटनास्थल पुगेको परिवारले प्रहरीको सहयोगमा उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड लगेको थियो। तर अस्पतालले उनलाई मृत घोषणा गरेको मृतककी आमा कृष्मायाको भनाई छ ।
हाल रामरुचन विकको शव परीक्षण (पोस्टमार्टम)सम्पन्न गरी दमकस्थित शवगृहमा राखिएको परिवारले जनाएको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय झापाले अनुसन्धानका लागि अर्जुधारा ७ मा घर भई अर्जुनधारा ५ डेरागरी बस्ने वर्ष २६ की देवी शंकर र उनका श्रीमान् वर्ष २७ का अर्जुन मिश्रलाई नियन्त्रणमा लिएको जनाएको छ। यता मृतकका परिवार र आफन्तले आफूहरूको किटानी जाहेरी लिन प्रहरीले लिन नमानेको गुनासो गरेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाले पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि त्यसको अध्ययनका आधारमा थप कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ। मृतकका परिवारले साथीको साइनो लगाएर घरमा आउने उही देवी शंकर भएको बताएको छ।
मृतकका परिवारजनले घटना रहस्य मय भन्दै सत्यतथ्य सार्वजनिक गर्दै निष्पक्ष र गहिरो अनुसन्धान गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। घटनाले स्थानीय समुदायलाई समेत स्तब्ध बनाएको छ।












