गौरीगञ्ज । हुलाकी राजमार्गमा मोटर साइकल दुर्घटनामा परी शिवसताक्षीका सुरज राजवंशीको मृत्यु भएको छ।

शिवसताक्षी नगरपालिका–४ घर भएका १७ वर्षीय राजवंशीको गौरीगञ्ज गाउँपालिका–१ हुलाकी राजमार्गमा मङ्गलबार भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

राजवंशी बा ६५ को ८७८६ नम्बरको मोटरसाइकलमा सवार थिए । प्रहरीका अनुसार कुञ्जीबारीबाट धानगढातर्फ जाँदै गर्दा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको हो ।

अनियन्त्रित भई मोटरसाइकल सडक किनारमा रहेको पिलरमा ठोकिएको थियो । घाइते भएका राजवंशीलाई उपचारका लागि दमक अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0