झापा । झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय दूधेका प्रधानाध्यापक गिरीराज सेर्माको घटना स्थलमै मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डारी राजमार्गको दर्लामी चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालक शेर्माको घटनास्थलमै मृत्यु भएको हो ।

आज दिउँसो करिब १ः३० बजे मोरङको केराबारीबाट धरानतर्फ आउँदै गरेको मे १२ प २०३ नम्बरको २०० सिसी हिरो मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक किनारमा रहेको विद्युत् पोलमा ठोक्किँदा चालक झापाको दमक नगरपालिका निवासी करिब ४५ वर्षीय गिरिराज शर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार मोटरसाइकल तीव्र गतिमा रहेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ।

मृतक सेर्माको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
20
+1
1
+1
0
+1
0