भक्तपुर । राजावादी आन्दोलन चलाउने घोषणापछि प्रहरीद्वारा गिरफ्तार दुर्गा प्रसाईँ छुटेका छन् ।

जिल्ला प्रहरी भक्तपुरका प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनलाई हिरासतमा नराखी मुद्दाको अनुसन्धान गर्न जिल्ला अदालतले आदेश दिएको छ ।

उनका विरुद्ध साइबर अपराध, राज्यविरुद्ध, सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्ध र सार्वजनिक शान्तिविरुद्धको कसुरसहित तीनवटा मुद्दामा अनुसन्धान गर्न प्रहरीले म्याद मागेको थियो ।

भक्तपुर जिल्ला अदालतले ती सबै कसुरमा हिरासत बाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0