शिवसताक्षी । ज्येष्ठ नागरिक वडा समिति शिवसताक्षी–११ को १४औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन बिहीबार ज्येष्ठ नागरिक शिवसताक्षी नगरसमितिको भवनमा सम्पन्न भएको छ।

शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ज्येष्ठ नागरिक ब्रम्हलाल फ्युयाललाई समाजप्रति पुर्‍याउनुभएको उल्लेखनीय योगदानको कदर गर्दै सम्मानपत्रसहित सम्मान गरिएको थियो।

साधारणसभामा ज्येष्ठ नागरिकहरूको हक, हित र सम्मानको संरक्षण, समाजमा उहाँहरूको सक्रिय सहभागिता अभिवृद्धि तथा संगठनलाई आगामी दिनमा अझ प्रभावकारी ढंगले सञ्चालन गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो।

अधिवेशनले सर्वसम्मत रूपमा वडा समिति शिवसताक्षी–११ को नयाँ कार्यसमिति चयन गरेको छ। नवगठित कार्यसमितिको अध्यक्षमा गोकुल मिश्र, उपाध्यक्षमा टेकबहादुर बुढाथोकी, सचिवमा छविलाल दवाडी, सहसचिवमा कृष्ण कडेरिया तथा कोषाध्यक्षमा सीता दाहाल चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा भैरवकुमार आचार्य, पिताम्बर पोखरेल, डेगप्रसाद गुरागाईं, देवीप्रसाद सुवेदी, सरस्वता मिश्र र भद्रीमाया दर्जी सर्वसम्मत रूपमा चयन हुनुभएको छ।

कार्यक्रममा बोल्ने वक्ताहरूले ज्येष्ठ नागरिकहरू समाजका अनुभव, ज्ञान र संस्कारका धरोहर भएकाले उहाँहरूको सम्मान, सुरक्षा, अधिकारको सुनिश्चितता तथा सामाजिक गतिविधिमा सक्रिय सहभागितालाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

साधारणसभाले नयाँ नेतृत्व चयनसँगै ज्येष्ठ नागरिकहरूको हित संरक्षण, संगठन सुदृढीकरण तथा सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0