झापा । झापा बिर्तामोडको बसपार्क पूर्वपट्टि फेला परेको शवको पहिचान खुलेको छ ।
मृतकसँग फेला परेको नागरिकता प्रमाणपत्रको आधारमा उनी पाँचथर रानीटार २ का टेकबहादुर गुरुङका छोरा ३८ वर्षीय कुमार गुरुङ हुन् । आज बिहान ७ बजेतिर बिर्तामोड बसपार्कपूर्व अर्जुनधारा ११ स्थित गिरीबन्धु टी इस्टेटको चिया बगानभित्र कुहिन लागेको शव फेला परेको हो ।
करिव एक साताअघि उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । केहीबेरअघि इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोली घटनास्थल पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












