हल्दिबारी । झापाको हल्दिबारीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

हल्दिबारी गाँउपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

उनी आफ्नै घरदेखि ४ किलोमिटर दक्षिणमा रहेको चौकी बिराम सामुदायिक वन हल्दिबारीमा घाँस काटेर फर्किने क्रममा जंगली हात्तीले आक्रमण गरेको थियो । उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

कानुनी प्रक्रिया पश्चात शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0