शिवसताक्षी । झापाको शिवसताक्षीमा मेची इङ्गलिश बोर्डिङ स्कूलको आयोजनामा सम्पन्न नगरस्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा सेभेन सिज बोर्डिङ स्कूल प्रथम भएको छ।

शिवसताक्षीका सामुदायिक तथा संस्थागत गरी कूल २४ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा भगवती माध्यमिक विद्यालय दोस्रो र धरमपुर प्रज्ञा पाठशाला तेस्रो भएका छन्।

विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्नुका साथै अतिरिक्त क्रियाकलापमार्फत उनीहरूको सर्वाङ्गीण विकासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको मेची अंग्रेजी स्कुलका प्रिन्सीपल पदमजंग कुँवरले बताउनुभयो ।

कार्यक्रमको उद्घाटनमा बोल्दै नगर प्रमुख थोप्राले अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनसँगै बौद्धिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले प्रतियोगितामा विजयी तथा सहभागी सबै विद्यालयलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

प्रतियोगितालाई मर्यादित, रोचक र निष्पक्ष रूपमा सञ्चालन गर्न शिक्षकद्वय कमल भट्टराई र गोपाल मैनालीले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रमका अध्यक्ष बालकृष्ण चेम्जोङले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने विद्यालय, शिक्षक, विद्यार्थी, अतिथिलगायत सम्पूर्णप्रति आभार व्यक्त भएको थियो भने, उक्त कार्यक्रमको स्वागत मेची अंग्रेजी स्कुलका शिक्षक सूर्य अधिकारीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
1
+1
0
+1
0