काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिएका छन्।

बुधबार संसदीय समितिको बैठकमा मन्त्री यादवले ग्यास अभाव उद्योगीका कारण भएको भन्दै ग्यास उद्योगीको ‘पाता कस्नुपर्ने’ र हाल सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गरी दुईवटा मात्रै उद्योग भए पुग्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्।

उनको अभिव्यक्तिप्रति ग्यास उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए।

यसैबीच, काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव कायम छ। उपभोक्ताहरू घण्टौँ लाइन बस्न बाध्य छन् भने बजारमा तोकिएको मूल्यभन्दा महँगोमा ग्यास बिक्री भइरहेको गुनासो छ।

ग्यास अभाव व्यवस्थापनमा सरकार असफल भइरहेको आलोचनाबीच मन्त्री यादवको विवादास्पद अभिव्यक्तिले उद्योगी र सरकारबीच थप तनाव बढाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0