शिवसताक्षी । नेपाली कांग्रेसको १५औँ वडा अधिवेशनअन्तर्गत शिवसताक्षी नगरपालिकाका ११ वडामध्ये १० वडामा वडा कार्यसमिति सर्वसम्मत चयन भएको छ। वडा नं. ५ बाहेक अन्य सबै वडामा वडा सभापति, वडा सदस्य तथा क्षेत्रीय प्रतिनिधिसमेत सर्वसम्मत चयन भएको नेपाली कांग्रेस शिवसताक्षी नगर कार्यसमितिले जनाएको छ।

अधिवेशनबाट वडा नं. १ मा लगेन्द्र बोहोरा, वडा नं. २ मा नेत्रप्रसाद विमली, वडा नं. ३ मा सुवास सापकोटा, वडा नं. ४ मा गुणराज पाण्डे, वडा नं. ६ मा गोकुलप्रसाद पौडेल, वडा नं. ७ मा विक्रम लिम्बू, वडा नं. ८ मा ज्ञानप्रसाद लुइँटेल, वडा नं. ९ मा डिल्लीलाल फेम्बू, वडा नं. १० मा कुमारसिंह साँवा लिम्बू र वडा नं. ११ मा सन्तोष भण्डारी वडा सभापतिमा सर्वसम्मत चयन भएका छन्।

नगर कार्यसमितिका अनुसार वडा नं. ५ मा भने सहमतिको प्रयास भइरहेको छ। सहमति कायम हुन नसके निर्वाचन प्रक्रियामार्फत वडा कार्यसमिति चयन गरिने जनाइएको छ।

नेपाली कांग्रेसको वडा अधिवेशनअन्तर्गत वडा सभापतिसहित वडा कार्यसमितिका सदस्य तथा क्षेत्रीय प्रतिनिधिहरू चयन गरिएको हो। नगरका १० वडामा सर्वसम्मत नेतृत्व चयन भएसँगै अधिवेशनको प्रक्रिया थप सहज बनेको कांग्रेस शिवसताक्षीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0