शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाका सरसफाई कर्मचारी कञ्चन मल्लिकको परिवारलाई खाद्यन्य सहयोग गरिएको छ ।

शिवसताक्षी नगरपालिकाका सवारी चालक मञ्चल कञ्चन मल्लिकको एघारौ पुन्य तिथिमा ८ हजार बरारबको खाद्यन्य सहयोग गरेको हो ।

कर्मचारी मञ्चले शोकमा रहेका अवस्थामा मल्लिक परिवारलाई खाद्य संकट नपरोस भन्ने उद्देश्ले सवारी चालक मञ्चले खाद्य सामाग्री वितरण गरिएको सवारी चालक मञ्चका सचिव भुवन खतिवडाले बताए । मञ्चले दाल, चामल, तेल, साबुन, सरफ, चिनी, हर्लिस सामग्री हस्तान्तरण गरेको हो।

शोक सभामा भुवन खतिवडा, बिरवल बुढाथोकी लगायतका सवारी चालकले मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार र जनमा गहिरो समवेदना व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0